मुख्य समाचार

करदातामैत्री प्रशासन बनाउने सरकारको लक्ष्य- अर्थमन्त्री खतिवडा

करदातामैत्री प्रशासन बनाउने सरकारको लक्ष्य- अर्थमन्त्री खतिवडा

दमौली । अर्थमन्त्री डा. युवराज खतिवडाले करदातामैत्री कर प्रशासन बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् । 

 

 

बिहीबार दमौली स्थित आन्तरिक राजस्व कार्यालय उद्घाटन गर्दै उनले भने, ‘संस्थागत व्यवस्था, प्रविधिको प्रयोग र कर्मचारीको व्यवहारलाई सुधार गरेर करदातामैत्री प्रशासन बनाउने सरकारको लक्ष्य छ ।’

 

 

अर्थमन्त्री डा. खतिवडाले सदाचारिताको कुरा मात्रै गर्ने होइन, पालना गरेर देखाउने प्रतिबद्धताका साथ सरकारमा रहेको बताए । 

 

 

आफू स्वच्छ कर प्रशासक बन्न चाहेको उल्लेख गर्दै उनले कर प्रशासनमा कहीँकतै कमजोरी देखिए त्यसलाई सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

 

अर्थमन्त्री डा. खतिवडाले मुलुकको समृद्धिका लागि करदाताले इमान्दारीपूर्वक कर तिर्नुपर्छ भन्दै सङ्घीयता खर्चिलो प्रणाली भएकाले त्यसलाई व्यवस्थित गर्न पनि कर उठाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

 

 

राजस्व बढाउन करको दायरा फराकिलो पार्ने रणनीति सरकारको छ, उनले भने, ‘सधैँ कर तिर्नेलाई मात्रै कर तिर्न बाध्य पारिरहने होइन, नयाँ करका क्षेत्र पहिचान गर्ने नीति सरकारको छ ।’

युवराज खतिवडा अर्थमन्त्री कर प्रशासन

विशेष