मुख्य समाचार

देश समृद्धिको यात्रामा अगाडि बढेको छ- मन्त्री बाँस्कोटा

देश समृद्धिको यात्रामा अगाडि बढेको छ- मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश समृद्धिको यात्रामा गइसकेकाले यसलाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । 

 

 

संविधान दिवसका अवसरमा बिहीबार रेडियो नेपालमा आयोजित जागरण गीत सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘समृद्धि एकै पटक आउने कुरा होइन, मुलुकको विकास गरी सरकार समृद्धिको यात्रामा अगाडि बढेको छ ।’

 

 

मन्त्री बाँस्कोटाले राजनीतिक लडाईं सकिएकाले अब गरीबी, भ्रष्टाचार र ढिलासुस्तीविरुद्धको अभियानमा सरकार लागेको बताए ।उनले नेपालको कला संस्कृति विश्वकै उत्कृष्ट भएकाले यसलाई जोगाउनुपर्ने आवश्यकतामाथि जोड दिए ।

 

गोकुलप्रसाद बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री संविधान दिवस

विशेष