मुख्य समाचार

अख्तियार प्रमुख घिमिरेद्वारा शपथ ग्रहण

अख्तियार प्रमुख घिमिरेद्वारा शपथ ग्रहण

काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

 

 

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो । 

 

 

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । घिमिरे प्रमुख आयुक्तमा बिहीबार नै नियुक्त भएका हुन् ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नवीनकुमार घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोग

विशेष