मुख्य समाचार

सन्दीप लामिछानेले प्रबल जनसेवाश्री पदक पाउने

सन्दीप लामिछानेले प्रबल जनसेवाश्री पदक पाउने

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । 

 

सरकारले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराँते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछानेलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) बाट सम्मान गर्ने घोषणा गरेको हो । त्यसैगरी रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगर) लाई समाज सेवा रत्न प्रदान गरिनेछ । 

 

 

गत महिना इन्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकूदमा नेपालका लागि एक मात्र रजत पदक विजेता प्याराग्लाइडिङ टोलीलाई सरकारले सुकीर्ति पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । 

 

 

सो पदक पाउनेमा प्याराग्लाइडिङका मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबाबु सुनुवार, व्यवस्थापक शैलेन्द्र राउतसहित खेलाडीहरु विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन् । 

 

 

संविधान दिवसको दिन घोषणा गरिएको पदक आगामी गणतन्त्र दिवसमा प्रदान गरिनेछ । संविधान दिवसका अवसरमा सरकारले बर्सेनि विभिन्न व्यक्तित्वलाई पदक प्रदान गर्दै आएको छ । 

सन्दिप लामिछाने प्रबल जनसेवाश्री चतुर्थ श्रेणी

विशेष