मनोरञ्जन

अभिषेकले ‘धूम-४’ मा नखेल्ने

अभिषेकले ‘धूम-४’ मा नखेल्ने

असोज ४ । बलिउडका चर्चित अभिनेता अभिषेक बच्चनका फ्यानका लागि निराशाजनक खबर छ । उनले धूम सिरिजको आगामी सिक्वेल गुमाउने भएका छन् ।

 

 

 

यसअघि धूमका तीनवटै सिक्वेलमा अभिषेक एउटा प्रमुख पात्रका रुपमा रहेका थिए । तर, धूम-४ मा भने उनलाई नखेलाउने निश्कर्षमा निर्माता आदित्य चोपडा पुगेका छन् । अभिषेकको खस्किँदो स्टारडमका कारण उनले यो निर्णय लिएका हुन् ।

 

 

 

अभिषेकको करिअर ठीक चलिरहेको छैन । उनले आफ्ना हिट फिल्मको नाम लिनुपर्‍यो भने धुमकै तीन सिक्वेललाई अगाडि सानुपर्ने अवस्था छ । यस्तोमा धूम-४ बाट आउट हुनु भनेको अभिषेकका लागि ठूलो झट्का हो ।

 

 

 

अभिषेकले धूम सिरिजमा एउटा प्रहरी अफिसरको भूमिका निभाउने गरेका थिए । तर, फिल्ममा उनको भूमिकालाई खलनायक पात्रले ओझेलमा पार्दै आएको छ । धूममा जोन अब्राहम, धूम २ मा ऋतिक रोशन र धूम ३ मा आमिर खान खलनायक बनेका थिए । खलनायकको भूमिका शक्तिशाली हुने भएकाले फिल्मको सफलताको जस पनि अभिषेकले भन्दा उनीहरुले नै पाए ।

 

 

 

निर्माता अदित्य चोपडा धूम-४ लाई हलिउड स्तरको बनाउने योजनामा छन् । मनग्गे खर्च गरेर हलिउडको जेम्स बोन्ड सिरिज जस्तै बनाउने उनको तयारी छ । यस्तोमा अभिषेक बच्चन जस्ता फ्लप हिरोलाई लिएर उनी जोखिम मोल्न चाहँदैनन्।

 

 

यतिमात्रै होइन, आफ्नै परिवारका उदय चोपडालाई पनि उनले फिल्ममा नखेलाउने भएका छन् । उदयले चलचित्रमा अभिषेकको सहायकको भूमिका निभाउने गरेका थिए । उनलाई होम प्रोडक्सनबाहेक अरु निर्माता–निर्देशकले पत्याएका छैनन् । निर्माता आदित्यले उदयलाई आफ्नो निर्णय सुनाइसकेका छन् । अभिषेकसँग भने उनको कुरा हुन बाँकी नै छ ।

 

 

 

आदित्य यतिबेला अभिषेक र उदयको ठाउँमा नयाँ जोडीको खोजीमा जुटिरहेका छन् । साथै खलनायकको भूमिकामा कसलाई खेलाउने भन्नेमा पनि उनी टुंगोमा पुगिसकेका छैनन् । उनी यसपाली सलमान खानलाई खेलाउन चाहन्थे । तर, सलमानले हालै आफू नेगेटिभ रोल कहिल्यै नगर्ने घोषणा गरेर यो सम्भावनाको ढोका बन्द गरिदिए ।

 

 

अब आदित्यको नजर शाहरुख खानतिर छ । शाहरुख पनि यो फिल्म् खेल्न सकारात्मक रहेको बुझिएको छ । उनले विगतमा थुप्रै फिल्ममा नेगेटिभ रोल गरिसकेका छन् । नेगेटिभ क्यारेक्टरमा उनी खुब जम्छन् । -एजेन्सी 

अभिषेक बच्चन धूम-४

विशेष