मुख्य समाचार

छिट्टै सबै राप्रपा एक हुन्छौं- महामन्त्री थापा

छिट्टै सबै राप्रपा एक हुन्छौं- महामन्त्री थापा

इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री सुनिलबहादुर थापाले तीनवटै राप्रपाको एकता प्रक्रिया अगाडि बढेको बताएका छन् । 

 


महामन्त्री थापाले पत्रकारसँग बिहीबार कुरा गर्दै  देशलाई सही दिशा दिनका लागि आफ्नो पार्टीबीचको एकता वर्तमान समयको आवश्यकता रहेको विचार व्यक्त गरे ।

 

 

‘त्यसैले हामी राप्रपा, राप्रपा (प्रजातान्त्रिक), राप्रपा (राष्ट्रवादी) बीच एकता गर्ने तर्खरमा छौं’, थापाले भने । उनले एकताका लागि काम शुरु भएको जानकारी दिए ।

 

 

फरक प्रशंगमा बोल्दै महामन्त्री थापाले अहिले देशमा भ्रष्टाचार बढेको बताए । साथै, उनले नागरिकको मौलिक हकसमेत वर्तमान सरकारले कुण्ठित गरेको आरोप लगाए । थापाले भ्रष्टाचार बढेकाले त्यसका बारेमा आवाज उठाउने समय आएको उल्लेख गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महामन्त्री सुनिलबहादुर थापा

विशेष