मुख्य समाचार

सार्वजनिक लेखा समितिको सभापतिमा शाह निर्वाचित

सार्वजनिक लेखा समितिको सभापतिमा शाह निर्वाचित

काठमाडौ‌ं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन् । 

 

 

समितिको शुक्रबार बैठकमा समिति सदस्य राजेन्द्रकुमार केसीले रुपन्देहीका शाहलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । 

 

 

उक्त प्रस्तावमाथि अर्का सांसद मीना सुब्बाले समर्थन गरेकी थिइन्। सो प्रस्तावलाई बैठकले सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । समितिको सभापतिका लागि पूर्वअर्थराज्यमन्त्री शाहको एक मात्र उम्मेदवारी परेको थियो । 

 

 

बैठकमा ज्येष्ठ सदस्य भण्डारीले शाहलाई बधाई दिँदै समितिको उद्देश्यअनुसार भूमिका निर्वाह गर्न शुभकामना दिए । नवनिर्वाचित सभापति शाहले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधान र नियम कानूनअनुसार समितिका कामकारवाही प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

सार्वजनिक लेखा समिति नेपाली काङ्ग्रेस भरतकुमार शाह

विशेष