सवारी चालकको आन्दोलन फिर्ता, शुक्रबारबाटै चल्न थाले गाडी
काठमाडौं । नयाँ ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन् ।
सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएपछि चालकहरुले शुक्रबारदेखि नै गाडी चलाउन थालेका हुन् ।
दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु आन्दोलनमा उत्रिएका थिए ।
कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहे नरहेको छानबिन गर्न समिति गठन गर्ने लगायतका सहमति भएको हो ।
चालकहरुले पनि गाडी चलाउन थालेका छन् । यसअघि चालकहरुले गाडी नचलाउँदा लामो दूरीका यात्रुलाई समस्या परेको थियो ।
सवारी चालक संघर्ष समिति सवारी चालक