प्रवास मुख्य समाचार

चीन सरकारसँग अध्यक्ष पौडेलले भने, ‘नेपालमा रेल विस्तार कार्यलाई तिव्रता दिनुहोस्’

चीन सरकारसँग अध्यक्ष पौडेलले भने, ‘नेपालमा रेल विस्तार कार्यलाई तिव्रता दिनुहोस्’

काठमाडौं । यहि सेप्टेम्बर १७ देखि १९ गतेसम्म चीनमा भएको ‘इन्टरनेशनल थिंक ट्यांक सम्मेलन’मा नेपालको तर्फबाट नेपाल चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पौडलले ‘कि नोट’ वक्ताको रुपमा आफ्नो धारणा राखेका छन् ।

 

 

उनले सम्मेलनका विभिन्न चरणमा भाग लिई नेपालको सांस्कृतिक पक्ष र भूमिमाथि विदेशी हस्तक्षेप र ‘बेल्ट एण्ड रोड ईनिसियटिभ’ का सम्बन्धमा स्पष्ट तरिकाले धारणा राखेका हुन् । 

 

 

 

साथै, अध्यक्ष पौडलले चिनियाँ नेपालमा गुडेको हेर्न नेपाली आतुँर भएको पनि बताए । नेपालमा छिटो रेल विस्तार गर्न उनले चीन सरकारलाई आग्रहसमेत गरेका थिए ।

 

 

यस्तै, अध्यक्ष पौडलले सिल्क रोडलाई जोड्ने दुइवटा लिंकरोडले नेपाललाई जोडेको, चीनसँग नेपालको विशिष्ट सम्बन्ध रहेकाले ‘वान बेल्ट वान रोड’ को पहलबाट नेपालले धेरै लाभ लिनुपर्ने पनि बताए । साथै, उनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन चीनले विभिन्न सम्झौता समझदारी पूरा गर्नुपर्ने समेत बताए । 

 

 

यसका साथै अध्यक्ष पौडेलले नेपाल र चीनको सम्बन्ध मजबुत बनाउन विशेष ध्यान दिन आवश्यक रहेको बताएका थिए । उनले राखेको मन्तव्यबाट प्रभावित भएर उपस्थित व्यक्तिहरुले अध्यक्ष पौडललाई धन्यवाद दिएका थिए । साथै, उनको  भाषणको प्रशंसासमेत गरेका थिए । 

 

 

सम्मेलनमा चीन, फ्रान्स, नेपाल, जर्मनी, इरान, पाकिस्तान, रोमानिया, रुस, बेलायत, अमेरिका, इण्डिया लगाएत सहभागी भएका थिए । 

 

 

सम्मेलनमा करिव दुइ सय फ्रान्सेली नागरिक सहभागी थिए । भने, चीन, नेपाल, जर्मनी, इरान, पाकिस्तान, रोमानिया, रुस, बेलायत, अमेरिका, इण्डियाबाट एक हजार बढी नागरिकको सहभागीता थियो । 

 

 

चीनको सरकारी टेलिभिजन र शान्शी टेलिभिजन लगायतले सम्मेलनको गतिविधि प्रशारण गरेको थियो । यो सम्मेलन चीन र फ्रान्सले संयुक्त रुपमा आयोजना गरेका हुन् । सम्मलेन चीनको सान्शी प्रान्तको सिआन शहरमा भएको हो । 

प्रेम सागर पौडल इन्टरनेशनल थिंक ट्यांक सम्मेलन

विशेष