मुख्य समाचार

बुटवलमा बैंक भित्रै लुटिए सेवाग्राही !

बुटवलमा बैंक भित्रै लुटिए सेवाग्राही !

बुटवल । बुटवलको एक बैंकमा कार्यालय शुरु भएको केही समयमै एक जना सेवाग्राही लुटिएका छन् । बुटवल उपमहानगरपालिका-६ स्थित एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका सेवाग्राही रोहित गौतमको दुई लाख २३ हजार रुपैयाँआइतबार बिहान लुटिएको इलाका प्रहरी कार्यालय डिएसी डिलबहादुर मल्लले जानकारी दिए । 

 

बैँकमा पैसा जम्मा गर्न गएका गौतमले पैसाको झोला छेउको कुर्सीमा राखेर भौचर बनाउँदै गर्दा सेवाग्राही बनेर आएका लुटेराले भौचर भर्न सिकाइ दिन अनुरोध गरेर भुलाएको र सोही समयमा लुटेरा समूहका अन्य दुई जनाले रकम लिएर तीनै जना फरार भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । 

 

नेपागञ्ज रोडमा रहेको दुर्गा प्लाष्टिक हाउसका सञ्चालक दिनेश ज्ञवालीको पसलमा कार्यरत गौतम पसलको पैसा जम्मा गर्न उक्त बैँकमा गएको समयमा रकम लुटिएको हो । यस विषयमा थप अनुसन्धान र लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

एभरेष्ट बैँक बुटवल उपमहानगरपालिका

विशेष