मुख्य समाचार

अझैं हटाउन सकिएन दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज

अझैं हटाउन सकिएन दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज

काठमाडौँ । त्रिभुवन विमानस्थलको घाँसे मैदानमा  चिप्लिएर दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज अझै हटाउन सकिएको छैन । । शनिबार राति अवतरणका क्रममा जहाज धावनमार्गबाट चिप्लिएर जहाज घाँसे मैदानमा पुगेको थियो । 

 

जहाज निकाल्ने प्रयास जारी रहेको र केहीबेरमा निस्कन सक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यति एयरलाइन्स कार्यालयले जानकारी दिएको छ। । शनिबार रातिदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्णतया थप्प रहेको छ ।  

 

नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, ९ एनएचडब्लु जहाज शनिबार राति अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । 

 

शनिबार राति साढे आठ बजेको समयमा जहाज धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।  जहाजमा सवार यात्रु भने सकुशल छन् ।  यति एयरलाइन्सका अनुसार यो जहाजले भारतीय पर्यटक बोकेको थियो ।

 

जहाजमा चालक दलका सदस्यसहित २१ जना भारतीय पर्यटक थिए ।  यति स्रोतले विमानस्थल क्षेत्रमा बाक्लो पानी परेपछि जहाज चिप्लिएर दुर्घटनामा परेको  हुन सक्ने जनाएको छ ।


कोटेश्वरतर्फबाट अवतरणका क्रममा चिप्लिएको जहाजको अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रो) भाँच्चिएको दुर्घटना भएको थियो । 


त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले आइतबार बिहान आठबजेसम्म ययरपोर्ट बन्द गरिएको जानकारी दिए । नेपालगञ्जमा रहेका प्रवक्ता ठाकुरले शनिबार राति बुद्व र श्रीको जहाज नेपालगञ्ज अवतरण गरेको जानकारी दिए । 

दुर्घटना यति एयरलाइन्स

विशेष