मुख्य समाचार

शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा घर्ती निर्वाचित

शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा घर्ती निर्वाचित

काठमाडौ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापतिमा जयपुरी घर्ती निर्विरोध निर्वाचित भएकी छन् । समितिको शुक्रबारको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो । 

 

 

घर्तीको उम्मेदवारीको प्रस्तावकमा योगेशकुमार भट्टराई र समर्थकमा अन्जना बिशङ्खे रहेका थिए। समितिको ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माको अध्यक्षतामा समितिको बैठक बसेको थियो । 

 

 

बैठकमा प्रस्तावक सांसद भट्टराईले कुशल र परिपक्व राजनीतिक नेतृत्व समितिको सभापतिका रुपमा घर्तीलाई पाएको बताए । प्रस्तावकका समर्थक सांसद बिशङ्खेले सुभापति घर्ती नेपाली राजनीतिमा शालीन व्यक्तित्व रहेकी बताइन् । 
 

सभापति जयपुरी घर्ती

विशेष