शिक्षकको परीक्षा तयारी पूरा, २ लाख ७५ हजार परीक्षार्थी सहभागी
काठमाडौं । यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले ढुक्क भएर परीक्षामा सामेल हुन परीक्षार्थीलाई समेत आग्रह गरे ।
यही असोज ११ गते माध्यमिक तह, १२ गते निम्नमाध्यमिक तह र १३ गते प्राथमिक तहको परीक्षा उनका अनुसार सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको छ भने प्रश्नपत्र परीक्षा हुनुभन्दा एक दिन अगाडि मात्र पुग्ने छ ।
परीक्षाको तयारीको शनिबारदेखि सोमबारसम्म शिक्षा विकास तथा जिल्ला समन्वयका प्रमुख र केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनसम्बन्धी तालीमसमेत दिइने थालिएको जानकारी गराए ।
परीक्षामा ३४ जिल्लामा एक हजार २ सय ३२ परीक्षाकेन्द्र स्थापना गरिएको छ । परीक्षा सञ्चालन गर्नका लागि एक हजार २ सय ३२ केन्द्राध्यक्ष र दुई हजार ४ सय ६४ सहायक केन्द्राध्यक्षसहित करीब १४ हजार कर्मचारी आवश्यक पर्ने उनले बताए ।
परीक्षामा १२ हजार ७३९ पदका लागि करीब दुई लाख ७५ हजार परीक्षार्थी रहेका छन् । प्राविमा एक लाख ५५ हजार, निमाविमा ८१ हजार र माविमा ३९ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षालाई मर्यादित बनाउनका लागि जुन जिल्लाबाट परीक्षा फाराम भरेको हो सोही जिल्लाबाट परीक्षा दिन नपाइने नयाँ व्यवस्था गरिएको छ ।
परीक्षा शिक्षकको परीक्षा