मुख्य समाचार

अर्थमन्त्री भन्छन्, ‘कर लिनुपर्ने ठाउँमा एक रुपैयाँ पनि छोडिन्न’

अर्थमन्त्री भन्छन्, ‘कर लिनुपर्ने ठाउँमा एक रुपैयाँ पनि छोडिन्न’

पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले कर लिनुपर्ने ठाउँमा एक रुपैयाँ पनि नछाडिने बताएका छन् । शुक्रबार  पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनको उद्घाटन गर्दे उनले यस्तो बताएका हुन् । 

 

 

अर्थमन्त्री खतिवडाले भने, ‘कर प्रणालीलाई सरलीकृत गर्ने सरकारको नीति छ, कर नलिनु पर्नेमा कर लिन्नौं र लिनुपर्नेमा एक रुपैयाँ पनि छाड्दैनौंैं ।’ 

 

 

यस्तै, अर्थमन्त्री जनमतको कदर गरेर जनताको चाहना, आकांक्षा र समस्यालाई समाधान गर्नेतर्फ सरकार अग्रसर रहेको बताए ।  पोखरा उद्योग वाणिज्य सङ्घको ३२ औं महाधिवेशनको उद्घाटन गर्दे उनले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे । 

 


औद्योगिक व्यवसाय क्षेत्रको विकासका लागि आगामी फागुन महीनामा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी गराउँदै अर्थमन्त्री डा. खतिवडाले उद्योगीलाई विदेशी उद्योगीसँग संयुक्त लगानीको क्षेत्रलगायतका विषयमा ठोस सुझाव ल्याउन सुझाव दिए ।

अर्थमन्त्री कर डा. युवराज खतिवडा

विशेष