मनोरञ्जन

वाइपीको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

वाइपीको नयाँ  म्युजिक भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं, असोज ६ । रचनाकार वाइपी जोशीद्वारा लिखित ‘रक्सीको नशा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्यूजिक नेपालको युटूयुब च्यानलबाट शुक्रबार उक्त गिती गजल सार्वजनिक गरिएको हो। गीतमा बिष्णु भट्टले स्वर तथा सङ्गीत दिएका छन्।

 

 

किरण कडेँलले एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा सनम कठायत र रोजी कुँवरको अभिनय रहेको छ। शिक्षकसमेत रहेका साहित्यकार समेत रहेका जोशीको यसअघि ‘बाटोमा ढुंगा कुल्चिन्छौं’ गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको थियो। 

 

 

यस्तै जोशीको ‘पत्थरको गुलाफ’ गजलसंग्रह समेत प्रकाशित छ। यसै शुक्रबार तेस्रो गीत ‘चरि उड्यो’को म्यूजिक भिडियो सार्वजनिक हुने जोशीले बताए। टेकेन्द्र शाहले सम्पादन म्यूजिक भिडियोलाई मुकेश हुमागाइँले निर्देशन गरेका छन् । भिडियोलाई मिलन थापाले छायांकन गरेका हुन् ।

">भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

म्युजिक भिडियो वाइपी जोशी रक्सीको नशा

विशेष