मुख्य समाचार

मेलम्चीको ४ सय ४० बोरा सिमेन्ट बेच्नेलाई कारवाही हुने

मेलम्चीको ४ सय ४० बोरा सिमेन्ट बेच्नेलाई कारवाही हुने

काठमाडौं, असोज ६ । मेलम्ची खानेपानी आयोजनाको बाँध निर्माणका लागि खरिद गरिएका ४ सय ४० बोरा सिमेन्ट निजी पसललाई बिक्री भएको खबरप्रति खानेपानी मन्त्रालयकाे गम्भीर ध्यानकर्षण भएको जनाएकाे छ ।

 

 

आज मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय गौरवको आयोजना निर्माणको कार्यमा देखिएको यस्तो लापरवाहीप्रति मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

 

 

विज्ञप्तीमा भनिएको छ ‘यस किसिमको लापरवाहीप्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसी थप जिम्मेवार भई काम गर्न मन्त्रालयको तर्फबाट सचेत गरिन्छ ।’

 

 

मन्त्रालय र सम्बन्धित निकाय आयोजना सम्पन्न गर्न अहोरात्र खटिरहेका बेला यस किसिमको घटना हुनु दुःखद रहेको मन्त्रालयका स्वकीय अधिकृत विजयदेव भट्राइद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

 

 

सिमेन्ट बिक्री कार्यमा संग्लनलाई कारवाही गर्न, आगामी दिनमा यस्ता घटना नदोहोरिन दिन र आयोजनाको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न जिम्मेवार निकायलाई निर्देशन दिइससकिएको मन्त्रालले जनाएको छ ।

 

 

शनिबार विभिन्न सञ्चारमाध्यममा खानेपानी आयोजनाको अब्बाथान हेलम्बु बाँध निर्माणमा प्रयोग हुने सिमेन्ट पसलमा बिक्री भएको भनेर समाचार आएका थिए ।

 

मेलम्ची खानेपानी आयोजना खानेपानी मन्त्रालय

विशेष