मुख्य समाचार

अब गरीबी, निरक्षरता र बेरोजगारी सहन सकिन्न- पूर्वप्रधानमन्त्री खनाल

अब गरीबी, निरक्षरता र बेरोजगारी सहन सकिन्न- पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले देशले अब गरीबी, निरक्षरता र बेरोजगारी सहन नसक्ने बताएका छन् । 

 

शहीद अजबलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘शहीदका सपना र सरकारको दायित्व’ विषयक अन्तक्रियामा उनले देश र जनताको पक्षमा बलिदान गर्ने शहीदको सपना साकार पार्न देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बताए ।

 

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भने, ‘मुलुकले गरीबी, बेरोजगारी र अशिक्षा सहन सक्दैन । जनताले विश्वास गरेर दुई तिहाइको सरकार बनेको छ । यो मत खेर जान दिनुहुन्छ ? शहीदको सपनालाई साकार तुल्याउन देशलाई समृद्धि र आत्मनिर्भरतातर्फ बनाउनैपर्छ ।’ 

 

उनले विभिन्न खाले संघर्षबाट प्राप्त संघीय गणतन्त्रलाई संस्थागत तथा संविधान कार्यान्वयनलाई गति दिँदै उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । 

 

नेकपा प्रदेश नं २ का अध्यक्ष प्रभु साहले तत्कालीन जनयुद्धका शहीदलाई सरकारले राष्ट्रिय शहीदको सूचीमा राखी आश्रित परिवारलाई राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था गर्नुपर्ने खाँचो औँल्याए । 

 

 

समाज रुपान्तरणका खातिर जीवन बलिदान गर्ने शहीद अझै पनि सामाजिक अपमान तथा आर्थिक समस्या भोग्न बाध्य रहेको भन्दै उनीहरुलाई सामाजिक सम्मानको वातावरण सिर्जना गरिनुपर्नेमा उनले जोड दिए ।
 

झलनाथ खनाल गरीबी निरक्षरता बेरोजगारी

विशेष