मुख्य समाचार

सबै व्यवसायीले कर नतिरे सरकार चुप लाग्दैन- अर्थमन्त्री

सबै व्यवसायीले कर नतिरे सरकार चुप लाग्दैन- अर्थमन्त्री

काठमाडाै‌ । अर्थमन्त्री डा. युवराज खतिवडाले सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने बताएका छन् । नेपाल खुद्रा व्यपार संघको ३९औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले भने, ‘सबै व्यवसायीले इमान्दारितापूर्वक व्यवसाय गर्नुपर्छ, सरकार त्यसका लागि कडारुपमा उभिएको छ ।’ 

 

 

सबै नागरिक करको दायरामा आउनुपर्ने प्रष्ट पार्दै अर्थमन्त्री खतिवडाले जनताले तिरेको करबाटै सबै नागरिकलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराइने बताए । उनले भने, ‘सामाजिक सुरक्षा वितरण गर्न बजेट चाहिन्छ, कर उठाएर मुलुकको विकास गर्ने हो । केही रुकम सामाजिक सुरक्षामा खर्च गर्ने हो ।’ 

 

 

करको दायरालाई फराकिलो बनाएर व्यवस्थित गर्दै लैजाने उल्लेख गर्दै उनले दोहोरो कर लगाउने सरकारको नीति नभएको प्रष्ट्याए । अर्थमन्त्री डा. खतिवडाले भने, ‘कर विभिन्न चरणमा लाग्छ, कर उठाउने ठाउँ एउटा हुन्छ । त्यसरी उठेको मूल्य अभिवृद्धि कर वा अन्तःशुल्क संघ, प्रदेश र स्थानीय तहमा वितरण हुन्छ । कहीँकतै दोहोरो कर लागेका भए फिर्ता हुन्छ ।’ 

 

 

प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले खुद्रा पसल अत्यन्त अव्यवस्थित ढङ्गबाट सञ्चालन हुँदा बेथिति देखिएको उल्लेख गर्दै निश्चित मापदण्ड तोकी व्यवस्थितरुपमा पसल सञ्चालन गर्नुपर्ने बताए। खुद्रा व्यापारीले परिवर्तनलाई आत्मसात गर्नुपर्नेमा जोड दिँदै उनले परिवर्तित कानूनअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गरे । 

 

 

वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडबाडको समयमा उपभोक्ता ठगिनसक्नेतर्फ ध्यान दिँदै विभागले बजार अनुगमनलाई तीव्रता दिएको बताए । 

अर्थमन्त्री डा. युवराज खतिवडा व्यवसायी कर

विशेष