खेल

लिटिल फ्लावर प्रिमियर लिगको तयारी तीव्र, पुरस्कार राशी दोब्बरले वृद्धि

लिटिल फ्लावर प्रिमियर लिगको तयारी तीव्र, पुरस्कार राशी दोब्बरले वृद्धि

धनगढी, असोज ६ । आगामी कार्तिक २७ गतेदेखि धनगढीमा सञ्चालन हुने ‘निष्ट लिटिल फ्लावर प्रमियर लिग’को तयारी सुरु भएको छ । पहिलो र दोस्रो संस्करणपछि ‘निष्ट लिटिल फ्लावर प्रिमियर लिग-२०७५’ को तयारी थालिएको शनिबार धनगढीमा अयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

 

संघीय प्रहरी कार्यालय प्रदेश नम्वर ७ को खेल मैदानमा हुने प्रतियोगितामा देशभरका १६ वटा विद्यालयले भाग लिने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए । त्यसमा सम्वन्धित विद्यालयका विद्यार्थी खेलाडी वाहेक ५ जना बाहिरबाट १९ बर्ष मुनिका खेलाडी पनि राख्न पाईनेछ । 

 

विद्यार्थीलाई उमेर समुहका खेलाडीसँग खेलाएर उनीहरुको प्रतिभालाई अझ तिखार्न मदत्त मिलोस् भन्नका लागि त्यस्तो गरिएको अध्यक्ष शाहीले बताए ।

 

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदियमान खेलाडीलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक भुपिसिंह धामीले बताए ।  

 

प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने उनले बताए । 

 

तेस्रो संस्करणको पुरस्कार राशी अघिल्ला दुई संस्करणभन्दा दोब्बर बढी बढाईएको हो । गत बर्ष भएको दोस्रो संस्करणको विजेतालाई नगद ५० हजार ट्रफीसहित प्रमाणपत्र, उपविजेतालाई २५ हजार नगदसहित ट्रफी प्रदान गरिएको थियो ।

 

पहिलो संस्करणमा विजेतालाई नगद २५ हजार र उपविजेतालाई १५ हजार दिईएको थियो । हरेक वर्ष धनगढी वाहिर ख्यातिप्राप्त विद्यालयको सहभागी र पुरस्कार राशी वढाउँदै लगेका आयोजक सस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए । 

 

घर वलियो वनाउनका लागि जग वलियो हुनुपर्छ भनेझैं नेपाली क्रिकेटको भविष्य वलियो वनाउनका लागि उनीहरुलाई कलिलो उमेरदेखि नै क्रिकेटमा परिपक्क बनाउने र सक्षम खेलाडी उत्पादन गर्ने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरेको उनले बताए । मुख्य प्रायोजक निष्ट कलेज लैनचौर काठमाडौँ रहेकोमा दोश्रो पुरस्कार गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ । 

 

निष्ट कलेजका सस्थापक प्रिन्सिपल डा। माधव प्रशाद बरालले धनगढीमा क्रिकेटको क्रेज देखेर लगानी गरेको बताए । निष्ट कलेजले देशभरीका विभिन्न क्षेत्रमा फरक–फकर खेलकुदमा लगानी गर्दै आएको छ ।

 

यस्तै सम्भु पुष्तक भण्डार, मयूर ईङलीस बोर्डीङ हाईस्कुल, सुलभ बुक्स एण्ड स्टेशनरी धनगढी, ईमेज बुक्स एण्ड स्टेशनरी र मृग गारमेन्ट्स चटकपुर कैलालीले पनि प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्नेछन् । 

धनगढी निष्ट लिटिल फ्लावर प्रमियर लिग

विशेष