प्रकाण्डलाई फेरि सर्वोच्चमा उपस्थित गराइने
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । सर्वोच्चको आदेशानुसार प्रकाण्डलाई राजधानी लाने तयारी गरिएको पनि उनले बताए ।
एक हप्ता अगाडि काठमाडौंबाट विश्वकर्र्मालाई उदयपुर ल्याएका थिए । जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी खड्गबहादुर विश्वकर्मा प्रकाण्ड