मुख्य समाचार

अरिङगालपछि प्रधानमन्त्री ओलीले सुनाए मौरीको किस्सा !

अरिङगालपछि प्रधानमन्त्री ओलीले सुनाए मौरीको किस्सा !

काठमाडौं ।  प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुलाई प्रतिवाद गर्न अरिङगालजस्तो क्षमता देखाउन नेता कार्यक्रतालाई दिएको निर्देशनको अहिले सर्वत्र सर्चा छ । 

 

 

उनको यो विषयलाई लिएर सामाजिक सञ्जालमा भित्ता रंगिएका छन् । कतिपयले त ओलीलाई नै अरिङगाल भन्न पछि परिरेहका छैनन् । यसैबीच,  प्रधानमन्त्री ओलीले अब मौरी जस्तै मिहिनेती भएर काम गर्न सबैलाई आग्रह गरेका छन् । 

 


वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथों स्मृति दिवसका अवसरमा शनिबारनेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले सबैलाई यस्तो आग्रह गरेका हुन् । 

 

 

प्रधानमन्धी ओलीले भने, ‘राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब साना कुरामा अल्मलिएर नभई कर्मी मौरीझैँ लागेर समृद्धिको दायित्व पूरा गर्न सबैं जुट्नुहोस् ।’ 

 

 

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले आफूहरूलाई प्राप्त जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताए । उनले सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको बताउँदै त्यसका लागि सुदृढ सङ्गठन तथा जनताको विश्वास र भरोसा रहेको जनाए ।

 

 

उनले भने, ‘यो विश्वासमा धरमर ल्याउन पिपिरी बजाउनेहरू छन् । यसले केही हुनेवाला छैन । हाम्रा कामले जनताका विश्वासमा तलमाथि हुन दिइने छैन । अग्रजहरूका महान् उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’

 


कम्युनिस्ट एकताबद्ध हुँदा कोही नतर्सन आग्रह गर्दै सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको पनि स्पष्ट गरे। 

केपी शर्मा ओली साहना प्रधान

विशेष