महेश भट्टको ‘सडक २’ मा ‘फ्रि’ मा काम गर्दै आलिया
नयाँ दिल्ली । बलिउड अधिनेत्री आलिया भट्टले ‘सडक २’ मा काम गर्ने भएकी छन् । आफ्नै बाबु महेश भट्टद्वारा निर्देशित यस फिल्मलाई महेशले लामो समयको विश्रामपछि बनाउने निर्णय गरेका हुन् । छोरी आलियाले फिल्ममा आफनो बाबुको सम्मानलाई मध्यनजर गरेर सित्तैमा काम गर्ने निर्णय गरेकी छन् ।
बाबुको निर्देशनमा बन्ने फिल्ममा काम गर्न पाउँदा उनी निकै उत्साहित छन् । विशेषगरि बाबुको निर्देशनमा काम गर्ने आलियाको सपना पनि थियो । यो सपना पूरा हुने भनेर उनी उत्साहित भएकी हुन् ।
तर बिना पारिश्रामिक काम गर्ने आलियाको निर्णयलार्ई भने महेशले स्वीकार गरिसकेका छैनन् । पारिश्रामिकको साथसाथै आलियालाई उनले अरू केही पनि दिने निर्णय गरेका छन् । ‘सडक २’ मा आलियासँगै पूजा भट्ट र सञ्जय दत्तको पनि मुख्य भूमिका रहनेछ ।