कभर स्टोरी भिडियो

‘विवाहित भएर होला, एलिजाजी धेरै रोमान्टिक’ (भिडियाेसहित)

‘विवाहित भएर होला, एलिजाजी धेरै रोमान्टिक’ (भिडियाेसहित)

काठमाडौं । नेपाली सिने नगरीमा एकपछि अर्काे गर्दै फिल्महरू फ्लप भइरहँदा यही असोेज १२ गते रिलिज हुँदै छ फिल्म ‘अनुराग’ । फिल्म युुनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा मज्जैले लागिपरेका छन् । म्युजिकल लभ स्टोरीमा बनेको उक्त फिल्म मानिसहरूमा भएको संगीत मोहले गर्दा नै यो फिल्म बनेको बताउँछन् फिल्मकी निर्माता तथा नायिका एलिजा गौतम ।

 

‘संगीतबाट कोही पनि टाढा हुन सक्दैनन् त्यसकारण पनि दर्शकले यो फिल्म मन पराइदिनु हुन्छ होला । तर, म्युजिकल लभ स्टोरी भन्दैमा यसमा गीतमात्र भने छैन’, उनले स्पष्ट पारिन् । 

 

नायक समुद्र पण्डित र एलिजा नायिका गौतम दुवैको यो पहिलो गीत हो । पहिलो फिल्म उनाले दुवैलाई एकदमै खुल्दुली बढेको छ । वास्तविक जीवनमा पनि आफूलाई निकै संगीत मोह भएको कारण यो फिल्म आफ्नै लागि बनेको जस्तो लाग्छ नायक

 

समुद्रलाई । सुरुमा त समुद्रलाई एलिजासँग काम गर्न अप्ठ्यारो पनि लागेको थियो । कारण, एलिजा निमात्री पनि भएर । तर संगत गर्दै गएपछि एलिजालाई उनले निकै मिलनसार पाए ।

समुद्र नायक मात्र होइनन् । उनी राम्रो गीत पनि गाउँछन् । फिल्म सुटिङको क्रममा समुद्रले गीत गाउँदा ‘ह्या नगाउ गीत, यस्तो घोक्रो च्यातिएको जस्तो स्वरले’, भनेर उडाइरहिन् । 

 

पछिल्लो समय समुद्रबारे सामाजिक सञ्जालमा धेरै टिकाटिप्पणी सुरू भएका छन् । अन्तर्वाताहरूमा धेरै बोलेको र परिपक्वता नभएको हिरो भनेर धेरै गुनासाहरू पनि आए । यसबारे उनले भने, ‘नराम्रो कमेन्टसबाट सिक्न पाएँ । सबै हेरेर आफूलाई सुधार्ने मौका पाएको छ ।’ 

 

पहिलो फिल्म भएकाले पनि समुद्र फिल्ममा कमै रोमान्टिक देखिन्थे । फिल्मका निदेशकले ‘तिम्रो प्रेमीका छैन, उसैलाई सम्झिएर रामान्टिक बन’ भनेर हैरान बनाउँथे । तर, प्रेमिका पनि नभएका समुद्र एलिजा रोमान्टिक भएको देखेर छक्क पर्थे । ‘सिंगल भएर पनि रोमान्टिक हुन सकिनँ’, एलिजाजी विवाहित भएर धेरै रोमान्टिक हुनुभयो उनले हाँस्दै भने ।
 

धमला पत्नी ऋषि धमला एलिजा गाैतम अनुराग

विशेष