मुख्य समाचार प्रदेश ७

झण्डै ७२ लाख भारतीय रुपैयाँ बरामद, यति ठूलो रकम तस्करी गर्ने को हुन् ?

झण्डै ७२ लाख भारतीय रुपैयाँ बरामद, यति ठूलो रकम तस्करी गर्ने को हुन् ?

कैलाली । कैलालीमा ठूलो परिणाममा भारतीय रुपैयाँ बरामत गरिएको छ । जिल्लाको भजनी नगरपालिका-३ कुशुमघाटबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँ (१ करोड १४ लाख ८६ हजार ८ सय ८० नेपाली रुपैयाँ) बरामद गरिएको हो । 

 

 

रुपैयाँसहित लम्कीचुहा नगरपालिका १ का ३१ वर्षका कृष्ण जोशी पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिबहादुर वलीले जानकारी दिए। 

 

 

उनले मोटरसाइकलमा लैजादै गरेको अवस्थामा एक सय, पाँच सय र दुई हजार दरका उक्त नोटहरु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

 

 

उक्त रकम भारतबाट नेपाल तर्फ ल्याउदै गर्दा बरामद गरिएको प्रहरीले जनाएको छ। आलुको बोराभित्र लुकाएर ल्याउदै गर्दा उक्त रकम शसस्त्र प्रहरीको टोलीले बरामद गरेको हो। प्रहरीले उनको साथबाट से ४ प ६७६० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

कैलाली भारतीय रुपैयाँ बरामत भजनी नगरपालिका

विशेष