मुख्य समाचार

मूल्यांकन समितिको सभापतिमा जैरु निर्वाचित

मूल्यांकन समितिको सभापतिमा जैरु निर्वाचित

काठमाडौं ।  संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा सांसद निरादेवी जैरु निर्विरोध निर्वाचित भएकी छन्। 

 

 

समितिको आइतबारको बैठकमा सांसद गणेशसिंह ठगुन्नाले सभापतिमा जैरुको नाम प्रस्ताव गरेका थिए । प्रस्तावलाई सांसद प्रभु साहले समर्थन गरेका थिए ।

 

 

बैठकको अध्यक्षता गरेका सांसद राधेश्याम अधिकारीले समितिको सभापतिमा जैरु निर्विरोध निर्वाचित भएको घोेषणा गरे । नवनिर्वाचित सभापति जैरुले निर्विरोध निर्वाचित गर्न सहयोग गर्ने सांसदलाई धन्यवाद दिदैं समितिको जिम्मेवारी निर्वाह गर्न पनि सबैको साथ पाउने विश्वास व्यक्त गरिन्। 

 

 

यसैबीच, सभामुख कृष्णबहादुर महराले संयुक्त समितिका रुपमा रहेको मूल्यांकन समितिको सभापतिमा जैरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । 

 

 

सो अवसरमा सभामुख महराले समितिमा प्रवेश पाएका सबैखाले विचारमाथि व्यापक मन्थन गर्ने र राज्यलाई विश्वसनीय र मर्यादित बनाउन संसदीय समितिको निकै ठूलो भूमिका रहने धारणा व्यक्त गरे ।  

निरादेवी जैरु मूल्यांकन समिति

विशेष