मुख्य समाचार

अध्यक्ष प्रचण्ड भन्छन्, ‘भरतपुर महानगरले विकासको ढोका खोल्दैछ’

अध्यक्ष प्रचण्ड भन्छन्, ‘भरतपुर महानगरले विकासको ढोका खोल्दैछ’

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाले विकासका काममा ठूलो फड्को मार्दै गएको बताएका छन् । उनले नेपालको समृद्धिको ढोका भरतपुरले खोल्दै गएको बताए । 

 

 

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा बनेको तरकारी तथा फलफूल बजारको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘भरतपुरमा लगातार भइरहेको विकासले देशभरि नै सकारात्मक सन्देश दिएको छ, विकासको नमूना मोडेल भरतपुरले देखाएको छ ।’ 

 

 

‘यहाँ देशकै नमूनाको रुपमा सिटी हलको कुरा अगाडि बढेको छ, रिंङरोड, लिंकरोड, क्रिकेट रंगशाला, बनाउने दिशामा भरतपुर अगाडि बढेको छ’ उनले भने, ‘सिटी हल, रिंगरोड, लिंकरोड, क्रिकेट रंगशाला एकसाथ अगाडि बढ्छ ।’

 

 

चितवन विकासको काममा अगाडि बढ्ने जमर्को गर्ने जिल्लामा गनिएको प्रचण्डको भनाइ थियो । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनमा बनाउने कुरा करिब करिब अन्तिम चरणमा पुगेको अध्यक्ष प्रचण्डले बताए । 

 

 

उनका अनुसार जलमार्ग र जलाशयको उपयोगको कुरा पनि भइरहेको छ । भैंसालोटनदेखि देवघाटसम्मलाई जलमार्गको रुपमा अगाडि बढाउनुपर्ने प्रचण्डको भनाइ थियो । भारत र चीनले पनि चितवन र भरतपुरलाई विशेष रुपमा हेरेको प्रचण्डको भनाई थियो। 

 


भरतपुरलाई वैज्ञानिक तवरले व्यवस्थित सहर बनाउनुपर्नेमा प्रचण्डले जोड दिए । उनले भने, ‘भरतपुरलाई देशकै नमूना सहरको रुपमा विकास गर्नुछ, भरतपुरले विकासको नमूना मोडेलको सन्देश देशभरि दिनुछ ।’ 
 

पुष्पकमल दाहाल प्रचण्ड चितवन

विशेष