विप्लवका नेता केसी र भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्व ‘विप्लव’ को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टेकबहादुर केसी र उमा भुजेल थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर श्रेष्ठको संयुक्त इजलासले सर्वोच्च अदालतको मुख्य रजिष्टार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।
आदेशमा वस्तुनिष्ठ आधार र कारण बिना नै पक्राउ गरेको देखिएको र अनुसन्धानका क्रममा थुनामा राख्नुपर्ने औचित्यपूर्ण कारण नभएको उल्लेख छ ।
केसी र भूजेललाई गत बैसाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित एक पसलमा आगजनी गरेको आरोपमा पहिलो पटक भदौ १२ गते पक्राउ गरिएको थियो । सर्वोच्च अदालतको थुनामुक्त गर्ने आदेशअनुसार गत भदौ २२ गते थुनामुक्त भएलगतै पुनः पक्राउ परेका थिए ।
सर्वोच्च अदालत नेत्रविक्रम चन्द नेतृत्व ‘विप्लव’ टेकबहादुर केसी उमा भुजेल