मनोरञ्जन

सम्बन्ध विच्छेद गरेर पहिला भन्दा खुसी मलाइका

सम्बन्ध विच्छेद गरेर पहिला भन्दा खुसी मलाइका

नयाँ दिल्ली । बलिउड अभिनेत्री मलाइका अरोडा र अरबाज खानको सम्बन्ध विच्छेद भएको एक वर्ष भन्दा बढी समय बितेको छ । मलाइकाले अरबाजसँग सम्बन्ध विच्छेद भएपछि आफूले आफूलाई कसरी सम्हालेको र कसरी जिन्दगी फेरिएको भन्नेबारे बताएकी छन् । एक अन्तर्वार्तामा उनले यो सबै कुरा खुलाएकी हुन् । 
४४ वर्षीय मलाइकाले अन्तर्वार्तामा सम्बन्ध विच्छेद पछि आफू पहिला भन्दा असल, शान्त र सहज महशुस गरिरहेको बताइन् । यतिमात्र होइन, उनले आफू पहिला भन्दा पनि निकै खुुसी भएको पनि बताइन् । 

 

‘मेरो मनमा धेरै प्रकारका कुरा खेल्ने गर्थे । जसरी सबैजनाले सोच्थे म पनि त्यही सोच्थें कि, अब के हुन्छ ? जिन्दगीले कहाँ लैजान्छ ? तर मैले कुनै पनि कुरालाई आफूप्रति हावी हुन दिइनँ । मैले सबै कुरा समयको हातमै छोडिदिएँ र राम्रो समयको प्रतिक्षा गरें ’उनले भनिन् । 

 

जून २०१८ मा जब अरबाज खान क्रिकेटमा सट्टाबाजीको आरोपमा फसे, तब उनले आफैंलाई चकित बनाउने बयान दिएका दिएका थिए । अरबाजले आफ्नो सट्टाबाजी खेल्ने बानीले गर्दा नै मलाइकासँगको सम्बन्ध बिग्रिदैं गएको कुरा पनि बुझेको थिए । उनको योे हर्र्कतका कारण कतिले त मलाइकालाई पनि फोन गर्न थालेका थिए । यही कुरालाई लिएर खटपट सुरू भयो र कुरा सम्बन्ध बिच्छेदसम्म पुग्यो । 

 

मलाइका र अरबाज खानले करिब ५ वर्षको प्रेम सम्बन्ध पछि सन् १९९८ मा विवाह गरेका थिए । तर सन् २०१६ मा उनीहरू छुटिएर बसे र सन् २०१७ मा कानूनी रुपमै उनीहरूले सम्बन्ध विच्छेद गरे । उनीहरूको १५ वर्षीय छोरा अरहान खान अब मलाइकासँगै बस्छन् । 

 

पछिल्लो समय अरबाज खान मोेडल एवं नायिका जर्जिया एन्ड्रियानीलाई डेट गरिरहेका छन् । दुवैलाई अक्सर पार्टी र इभेन्टहरूमा सँगै देखिन्छ । ५१ वर्षीय अरबाज अब जर्जियासँग दोस्र्रो विवाह गर्र्ने तयारीमा छन् भन्नेबारे पनि भारतीय सञ्चारमाध्यमहरूले जनाउँदै आएका छन् । रिपोर्ट र निकटका स्रोतहरूले जनाएअनुसार खान परिवारको असहमतिका कारण अरबाज र जर्जियाको विवाह हुन सकिरहेको छैन । 

 

अरबाजले जिन्दगीमा केही खास काम नगरेकै कारण उनीहरूको सम्बन्ध बिग्र्रिएको भन्ने अड्कल काटिरहेका छन् । आफ्नै मिहेनतमा नाम कमाएकी मलाइकाले अरबाजसँग विवाह सलमानको भाइ भएकोले मात्र विवाह गरेकी थिइन् । अरबाज आफ्नो भिन्नै पहिचान बनाउनुुको साटो आफ्नो सुपरस्टार दाजुुमा मात्र भर पर्दै गए । 
 

मलाइका अरोडा

विशेष