खेल

एएफसी महिला च्याम्पियनसिपः आइतबार नेपाल र मलेसिया भिड्दै

एएफसी महिला च्याम्पियनसिपः आइतबार नेपाल र मलेसिया भिड्दै

काठमाडौं । एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिप अन्तर्गत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ । 

 

 

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफ्नो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ । 

 

 

उक्त खेल नेपाली समयअनुसार दिउसो ३ः३० बजे हुनेछ । नेपाल र मलेसिया पहिलो जीतको खोजीमा हुनेछन् । यसअघि नेपाल फिलिपिन्ससँग ४-० गोल अन्तरले तथा दोस्रो खेलमा म्यानमारसँग ११-१ गोल अन्तरले पराजित भएको थियो । 

 

 

समूह ‘इ’ मा म्यानमार र फिलिपिन्स दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । त्यस्तै आज नै हुने अर्को खेलमा समूह विजेता टोलीको छनोफानो हुनेछ । 

 

 

म्यानमार र फिलिपिन्सबीच अहिले खेल भइरहेको छ । समूह ‘इ’मा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेका छन् । 

मलेसिया नेपाल एएफसी महिला च्याम्पियनसिप

विशेष