मलेसियामा ४७ नेपाली कम्पनीबाटै पक्राउ
एजेन्सी । मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदार पक्राउ परेका छन् । अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि सदुपयोग नगरेका कारण ४७ नेपाली पक्राउ परेका हुन् ।
उनीहरुलाई आप्रवासी पक्राउको अभियान अन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको छ । साइवरजयाको एक कम्पनीमा छापा मारेर २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा १ सय ७२ जना इण्डोनेशियाली, ५५ जना बंगलादेशी, ४७ जना नेपाली र २५ जना म्यानमारका नागरिक छन्। बाँकी अन्य देशका नागरिक हुन्।
पक्राउ परेका कतिपयसँग भिसा भएपनि एउटा कम्पनीमा काम गर्ने भिसा भएको तर अर्कै कम्पनीमा काम गरिरहेको पाइएको छ।
पक्राउ परेका धेरैजसो भिसाको म्याद सकिएर पनि मलेसियामा काम गरिरहेकाहरु छन् । उनीहरुलाई वुकित जलिलको थुनुवा केन्द्रमा राखिएको छ।
मलेसिया नेपाली पक्राउ