मुख्य समाचार

नेता केसी भन्छन्, ‘पार्टीभित्रको हुकुमी प्रवृत्ति नहट्दासम्म कांग्रेस बलियो हुँदैन’

नेता केसी भन्छन्, ‘पार्टीभित्रको हुकुमी प्रवृत्ति नहट्दासम्म कांग्रेस बलियो हुँदैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले हुकुमी प्रवृति नहट्दासम्म कांग्रेस बलियो हुन नसक्ने बताएका छन् । 

 

 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता केसीले भने,‘ कांग्रेसलाई सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ ।’ 

 

 

पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा नेता केसी जोड दिए । उनले मुलुकमा महँगी, भ्रष्टाचार, महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र त्यसको अन्त्य गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस अर्जुननरसिंह केसी

विशेष