मुख्य समाचार

अर्थमन्त्री भन्छन्, ‘सरकारले प्रगतिशील कर प्रणाली लागू गरेको छ’

अर्थमन्त्री भन्छन्, ‘सरकारले प्रगतिशील कर प्रणाली लागू गरेको छ’

बुटवल । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको ६५औं साधारणसभाको सोमबार बुटवलमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

 


अर्थमन्त्री खतिवडाले कुनै पनि निकायमा एकै खालको दोहोरो लाग्ने व्यवस्था सरकारले कहीँ कतै नगरेकोसमेत स्पष्ट पारे ।

 


अर्थमन्त्रीले वर्तमान सरकार सस्तो लोकप्रियताभन्दा पाँच वर्षसम्म पूर्णरुपले शासन गरेर जनतालाई प्रत्याभूत हुने, देखिने र अनुभूति हुने काम गरेर देखाउने पक्षमा रहेकाले विकासका कामले गति लिन केही समय लागेको स्पष्ट पारे । 

 

 

उनले देशमा लगानीमैत्री वातावरण बनाउन आवश्यक कानून दुई महिनाभित्र संशोधन भइसक्ने जानकारी दिए । अर्थमन्त्री डा खतिवडाले लगानीलाई एकद्वार प्रणालीबाट अघि बढाउने, कम्पनी कानून, औद्योगिक व्यवसाय, विदेशी लगानी प्रवद्र्धन, विदेशी विनिमय, बैंकिङसँग सम्बन्धित कानून संशोधन भएर लगानीमैत्री वातावरणमा जाने स्पष्ट पारे । 

 

अर्थमन्त्री डा. युवराज खतिवडा प्रगतिशील कर प्रणाली

विशेष