मुख्य समाचार

मंगलबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ

मंगलबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ

काठमाडौं । नेपालीको महान चाड वडा दशैंको लागि अग्रिम बसको टिकट बुकिङ मंगलबारदेखि खुल्ला हुने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले असोज ९ गते मंगलबारदेखि बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।

 

 

महासंघ यसअघि भदौ ३१ गतेको बैठकले सरकार र यातायात व्यवसायीका बीचमा ५ गते नै बुकिङ खोल्ने सहमति गरेको थियो। तर सरकारले पेट्रोलियम पदार्थमा शुल्‍क बढाएपछि महासंघले चार दिन ढिला गरी अग्रिम टिकट बुकिङ खोलेको महासंघका महासचिव सरोज सिटौलाले बताए।

 

 


व्यवसायीले टिकटको बुकिङ खोल्न नमानेपछि सरकारले १० प्रतिशत भाडा बढाउने निर्णय गरेको थियो। सवारी साधनको भाडा १० प्रतिशत बढ्ने भएसँगै सोमबार बैठक बसेर व्यवसायीहरुले टिकट खोल्ने निर्णय गरेका हुन्।

पेट्रोलियम पदार्थ अग्रिम बसको टिकट बुकिङ

विशेष