मुख्य समाचार

प्राविधिक शिक्षामा जोड दिएका छौंः शिक्षामन्त्री पोखरेल

प्राविधिक शिक्षामा जोड दिएका छौंः शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्राविधिक शिक्षालाई जोड दिएको बताएका छन् । 

 

 

खामतेल विकास मञ्चको काठमाडोंमा आयोजना गरेको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसार नै प्रविधिमैत्री हुँदै गएकाले सरकारले प्राविधिक शिक्षामा जोड दिएको बताए । 

 

 

उनले मुलुकका धेरै ठाउँमा प्राविधिक शिक्षालय स्थापना भइरहेको जानकारी दिँदै अब प्राविधिक शिक्षाबिना शिक्षा क्षेत्रमा उपलब्धि हासिल गर्न नसकिने धारणा राखे ।  

 

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले प्राविधिक शिक्षा देशको आर्थिक विकासको आधार भएकाले सरकारले प्राविधिक शिक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए । 
 

गिरिराजमणि पोखरेल प्राविधिक शिक्षा खामतेल विकास मञ्च

विशेष