एसिड आक्रमणमा परेकी सम्झना दासको मृत्यु
काठमाडौं । तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ । आइतबार राति ११ बजेर ४० मिनेटमा १८ वर्षीया सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनको आइसीयूमा उपचार भइरहेको थियो ।
सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ । उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो । यस्तो अवस्था चिकित्सकीय भाषामा ’मेजर बर्न (गम्भीर जलेको) हो ।
मेडिकल भाषामा ‘सेप्सिस’ (संक्रमण) अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा. सुरेन्द्रजंग बस्नेतले जानकारी दिए ।
दिदीबहिनीलाई सुतेकै ठाउँमा हानियो तेजाव, दुवैको अनुहार जल्यो तेजाब आक्रमणका घाइतेलाई उपचार खर्च अभाव ’यस्तो अवस्थामा उपचारका लागि ल्याउँदै गर्दा नै शरीर चिस्याउनेदेखि पानी दिनेसम्मका साबधानीहरू अपनाउनुपर्छ’, उपचारमा संलग्न एक चिकित्सकले भने, ’उहाँलाई यहाँ ल्याउनु अघि ती साबधानी अपनाउन सकेको देखिन्न । हामीले कोसिस त गर्यौँ तर सफल भएनौं । ’