मुख्य समाचार

चितवनबासीलाई प्रचण्डको आग्रह- नमूना जिल्ला बनाउन सबै जुट्नुहोस्

चितवनबासीलाई प्रचण्डको आग्रह- नमूना जिल्ला बनाउन सबै जुट्नुहोस्


चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका दृष्टिकोणले नमूना जिल्ला बनाउन चितवनबासीलाई आग्रह गरेका छन् ।

 

 

 जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभाको सोमबार चितवनमा उद्घाटन गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘पाँच वर्षमा के के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्छ, यसका लागि जिल्लाबासीले एकजुट भएर विकासमा लाग्नु पर्यो ।’ 

 

 

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जिल्लामा सभाकक्ष, रङ्गशाला र औद्योगिक क्षेत्रको काम तीव्र गतिमा अघि बढाउन दुई विश्वविद्यालयसँग सहमति गरेर क्रिकेट रंगशाला बनाउनुपर्ने बताए । 

 

 

कार्यक्रममा पूर्वअर्थमन्त्री एवं सांसद सुरेन्द्रप्रसाद पाण्डेले विकासको स्वरुपको विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताए । सांसद कृष्णभक्त पोखरेलले समृद्धि र विकासको नेतृत्व जिल्लाले लिएर अघि बढ्नुपर्ने बताए । 

 

 

सो अवसरमा राष्ट्रियसभा सदस्य दिलकुमारी रावल, प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, नेकपाका नेता देवी ज्ञवाली, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीलगायतले बोलेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन

विशेष