मुख्य समाचार

गुण र दोषका आधारमा सरकारलाई सहयोग गरिन्छः नेता थापा

गुण र दोषका आधारमा सरकारलाई सहयोग गरिन्छः नेता थापा

पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारलाई संविधान कार्यान्वयनका विषयमा सहयोग गरिने बताएका छन् । 

 

 

उनले सरकारको गुण र दोषका आधारमा कांग्रेसले सरकारको विरोध र सहयोग गर्ने स्पष्ट पारे ।  नेपाल प्रेस युनियन पाल्पाद्वारा सोमबार बिहान तानसेनमा आयोजित पत्रकार सम्मेलनमा नेता थापाले सरकारले समयभित्र कानून बनाउने विषयमा नेपाली कांग्रेसले मद्दत गर्ने बताए । 

 


यसैबीच प्रेस युनियन पाल्पाका नवनिर्वाचित पदाधिकारीले पदस्थापना गरेका छन् । युनियनका पदाधिकारीलाई पूर्वमन्त्री थापाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

गगनकुमार थापा नेपाली काँग्रेस

विशेष