मुख्य समाचार

नेकपाका वरिष्ठ नेता नेपाल स्वदेश फर्किए

नेकपाका वरिष्ठ नेता नेपाल स्वदेश फर्किए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्केका छन् ।  घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर मंगलबार उनी स्वदेश फर्केका हुन् ।

 

 

असोज ३ गते उनी घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी हुन नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत गएका थिए ।

 

 

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सम्मेलन यही असोज ४ र ५ गते भएको थियो । सम्मेलनमा नेता नेपालले ‘बदलिंदो विश्व परिस्थिति र विश्व कम्युनिस्ट आन्दोलन’ तथा ‘साम्राज्यवादका नकारात्मक’ असरबारे बोलेका थिए ।

 

 

नेता नेपाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल

विशेष