मुख्य समाचार

तीन वर्षभित्र प्रत्येक नेपालीको घरमा विद्युत् पुर्‍याछौंः ऊर्जा मन्त्री

तीन वर्षभित्र प्रत्येक नेपालीको घरमा विद्युत् पुर्‍याछौंः ऊर्जा मन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले आगामी तीन वर्षमा सबै नेपालीको घर-घरमा बिजुली बत्ती पुर्याइसक्ने बताएका छन् ।

 

 

संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबारको बठैकमा मन्त्री पुनले यस्तो बताएका हुन् । उनले हाल सरकारले भारतबाट प्रतिवर्ष १७ अर्ब रुपैयाँको बिजुली खरीद गर्दै आएको जानकारी दिए ।

 

 
यस्तै, मन्त्री पुनले समुन्द्रसँगको सहज सम्पर्क स्थापना गर्न सरकारले यसै आर्थिक वर्षभित्रमा कोशी र नारायणी नदीमा जलमार्गको निर्माण कार्यको थालनी गर्ने बताए । उनले कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको पर्याप्त सम्भावना रहेको जनाए । 

 

 

असोज ४ गते सम्पन्न समितिको सभापति पूर्णकुमारी सुवेदी निर्विरोध निर्वाचित भएपछि समितिको पहिलोपटक बैठक बसेको हो । 

 

 

बैठकमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र जलस्रोत सचिव सञ्जय शर्माले मन्त्रालयको सांङ्गठनिक संरचना तथा जनशक्ति व्यवस्थापन आव २०७५÷७६ को स्वीकृत कार्यक्रम कार्यान्वयनको अवस्था, जनशक्तिको व्यवस्थापनका बारेमा समितिका सदस्यलाई सक्षिप्त जानकारी गराए । 

वर्षमान पुन ‘अनन्त’ ऊर्जा

विशेष