कभर स्टोरी

यि हुन् नेपाली कामदार निकालेर भारतीयलाई रोजगारी दिने विराटनगरका उद्योगी 

यि हुन् नेपाली कामदार निकालेर भारतीयलाई रोजगारी दिने विराटनगरका उद्योगी 

काठमाडौं । विराटनगरमा एक यस्तो उद्योग पनि छ जहाँ नेपाली कामदारलाई अहिले ‘नो इन्ट्री’ सरह भएको छ । बाँसबारीमा रहेको कृष्ण पोलि ओभनसेक नामक उद्योगका उद्योगी मनिष मित्तलले नेपाली कामदार हटाएर भारतीय कामदार भित्र्याएपछि निकालिएका मजदुरहरु आक्रोशित भएका छन् । 

 

नेपाली कामदारमा प्राविधिक क्षमता नभएको कृत्रिम वहाना देखाएर भारतीय भित्र्याएको मजदुर नेता धर्म पासवानले जानकारी दिए । ‘उद्योगमा नेपाली पनि छन्’ भन्ने देखाउनकै लागि पाँच÷सात जना नेपाली मजदुर राखिएका छन् । तर ति मजदुरहरुलाई हप्कीदप्की गर्ने, आफ्नै देशमा बिहारीहरुले हेप्ने गर्न थालेपछि कार्यरतहरु पनि दिक्क भएका छन् । 

 

थारु, राजवंशीको बाहुल्य भएको सो क्षेत्रमा उद्योग खुलेपछि स्थानीय युवाहरु रोजगारी माग्दै उद्योगहरुमा पुग्ने गरेका छन् । तर उद्योगी मित्तलले नेपाली कामदार नराख्ने र राख्नै परे पनि स्थानीय नेपाली नराख्ने अडान लिएका छन् । 

 

उद्योगीको यस्तो अडानपछि स्थानीय मजदुरहरु आक्रोशित भएका छन् । उनीहरुले उद्योगको गेटमा आफ्ना मागहरु टाँसेका छन् । मजदुरहरुले नेपाली कामदार राख्न, हेल्पमा सबै नेपाली नै राख्न, श्रम ऐनले तोकेको न्युनतम ज्याला लागू गर्न, सञ्चयकोष, उपदान र विदाको सुविधा दिन माग गरेका छन् ।

 

विदेशी कामदार आवश्यक रहेको भन्ने कीर्ते बहाना बनाएर नेपाली युवालाई बेरोजगार बनाउने र बिहारीलाई जागिर दिने उद्योगविरुद्ध कडा आन्दोलन गर्ने मजदूरहरुले चेतावनी दिइसकेका छन् । 

 

 

नेपाली कामदारबाट प्राविधिक काम हुन नसक्ने भएमा श्रम विभागबाट विदेशी कामदार राख्न आवश्यक देखिएको भनेर पूर्वस्वीकृति लिनु पर्ने श्रम ऐनमा स्पष्ट उल्लेख छ । तर ऐनमा भएको त्यस्तो व्यवस्था उल्लंघन गर्दै कृष्ण पोलि ओभनसेकले विदेशी कामदार राखेको हो । 

 

 

उद्योगका सञ्चालक मनिष मित्तलले भने त्यस्तो आरोप सत्य नरहेको दावी गरेका छन् । उनले भने, ‘यो उद्योगमा ४–५ जना भारतीय कामदार छन् । बाँकी सबै नेपाली नागरिकहरु नै छन् । केही वर्षदेखि बन्द रहेको उद्योग मैले सञ्चालन गर्न खोजेको हुँ । नेपालीलाई रोजगारी नदिने नियत छैन ।’
 

विशेष