मुख्य समाचार

प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई थुनामुक्त गर्न फेरि मंगलबार आदेश जारी गरेको छ । 

 

 

न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई अदालतका रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो । 

 

 

आदेशमा विश्वकर्मालाई गैरकानूनी रुपमा थुनामा राखिएको देखिएको र पटक पटक थुनामुक्त गर्ने आदेश गर्दा पनि राज्यका निकाय गम्भीर नभएको उल्लेख छ । अदालतले विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको यो पाँचौं पटक हो । 

 

 

अदालतले थुनामुक्त गर्न आदेश दिएलगत्तै विश्वकर्मा पुनः पक्राउ पर्दै आएका छन् । विश्वकर्मालाई व्यापारीसँग सात करोड रुपैयाँ चन्दा असुली गरेको आरोपमा चन्दा ऐन, २०३० अनुसार काठमाडौं प्रहरीले कारवाही अघि बढाएको थियो । विश्वकर्मालाई मंगलबार पुनः थुनामुक्त गर्न आदेश दिइएको हो । 

नेत्रविक्रम चन्द सर्वोच्च अदालत खड्गबहादुर विश्वकर्मा

विशेष