मुख्य समाचार

नेपालले सिंगापुरलाई १५१ रनमा अलआउट गर्‍याे, सन्दिप र ललितको उत्कृष्ट बलिङ

नेपालले सिंगापुरलाई १५१ रनमा अलआउट गर्‍याे, सन्दिप र ललितको उत्कृष्ट बलिङ

काठमाडौं ।  मलेसियामा भइरहेको एसिया कप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले सिंगापुरलाई १५१ रनमा अलआउट गरेको छ।

 

युकेएम मैदान टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको हो। नेपालले अब जितका लागि ५० ओभरमा १५२ रन बनाउनुपर्नेछ।

 

सिंगापुरलाई अलआउट गर्न नेपालको लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए। ललितले ९ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए।

 

सिंगापुरका कप्तान चेतन सूर्यवंशीले सर्वाधिक ६० रन बनाए। चेतले चौथो विकेटका लागि अनिस परामसँग ८० रनको साझेदारी गरे। अनिसले  ३१ रन बनाए।

एसिया कप छनोट

विशेष