मुख्य समाचार

ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा सरकारले व्यहोर्छः अर्थमन्त्री 

ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा सरकारले व्यहोर्छः अर्थमन्त्री 

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाको दायित्व सरकारले नै व्यहोर्ने बताएका छन् ।

 

 

बीमा समिति र नेपाल बीमक संघद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरणः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औं सम्मेलन शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

 


सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिई सबै जनतालाई यसको पहुँचमा ल्याउन लागिएकोसमेत उनले उल्लेख गरे । 

 


यस्तै, अर्थमन्त्री खतिवडाले समग्र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको चर्चा गर्दै बीमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानु पर्नेमा जोड दिए ।

 


दुईदिसम्म सञ्चालन हुने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघु बीमालगायत क्षेत्रमा अलगअलग कार्यपत्र प्रस्तुत हुनेछ । 

 

 

उक्त सम्मेलनमा मानव निर्मित विपद् एवं प्राकृतिक विपद्पछि हुने क्षतिमा बीमाको जोखिमलाई कसरी न्यून गर्ने भन्ने विषयमा सहभागीहरू बीच अनुभव आदानप्रदान हुनेछ । 

अर्थमन्त्री डा. युवराज खतिवडा ज्येष्ठ नागरिक स्वास्थ्य बीमा

विशेष