मुख्य समाचार

निर्मला हत्या प्रकरणः छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

निर्मला हत्या प्रकरणः छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई प्रतिवेदन बुझाएको हो ।

 

 

प्रतिवेदनमा के छ भन्ने खुलाइएको छैन । साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । 

 

 

स्थानीय प्रहरीले छानविनमा लापरवाही गरेको भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्नुका साथै कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा छानविन समिति बनेको थियो ।

निर्मला पन्त गृहमन्त्री रामबहादुर थापा

विशेष