सम्झनाको शव जलाउने विषयमा झडप, तनावग्रस्त भएपछि प्रहरीद्वारा हवाई फायर

रौतहट । एसिड आक्रमणमा परी मृत्यु भएकी सम्झना दासको शव जलाउने विषयमा झडप रौतहटको श्रीपूरमा झडप हुँदा हवाईफायर भएको छ । रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप पश्चात स्थिती तनावग्रस्त भएपछि नियन्त्रणमा गर्न प्रहरीले २० राउण्ड हवाई फायर गरेको जनाएको छ ।
गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएको हो । झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । झडपका क्रममा केही गाउँले घाइते भएका छन् । झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन् । घटनास्थल रौतहट सदरमुकाम गौरबाट २२ किलोमिटर उत्तरमा पर्छ ।