मनोरञ्जन

मर्णिकर्र्णिका विवादमा, कंगनाले भनिन्,‘सोनुले महिलाको निर्र्देशनमा काम गर्न चाहेनन्’

मर्णिकर्र्णिका विवादमा, कंगनाले भनिन्,‘सोनुले महिलाको निर्र्देशनमा काम गर्न चाहेनन्’

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौट अभिनित फिल्म ‘मणिकर्णिका’ रिलिज भन्दा पहिला नै विवादको घेरामा फसेको छ । फिल्ममा दोस्रो मुख्य भूमिका निभाइरहेका अभिनेता सोनु सूदले बीचमा फिल्म छोडेका छन् । कंगनाले भने सोनुले फिल्म छोड्नुको कारण उनीसँग पर्याप्त समय नभएको र महिलाले निर्देशन गरेको फिल्ममा काम गर्न नचाहेको स्पष्टिकरण दिएकी छन् । कंगनाको यो स्पष्टिकरण पछि सोनुले पनि आफ्नो मौनता तोडेका छन् । 

 

उनले भने, ‘कंगना लगातार वुमन कार्ड खेलिरहेकी छन् । मैले फिल्म छोड्नुको कारण निर्देशकको जेन्डर पक्कै पनि होइन । कंगना मेरो राम्रो साथी हुन् र रहन्छिन् पनि । यदि म जेन्डर।लाई लिएर संकुचित सोच राख्छु भने फराह खानले निर्देशन गरेको ह्याप्पी न्यू इयरमा पनि काम गर्दिनथें होला । फराह खानसँग अहिले पनि मेरो राम्रोे सम्बन्ध छ । म यत्ति भन्न चाहन्छु की, अब मेरो भूमिका जीशान अयूबले निभाउनेछन् ।’

 

सोनू उक्त फिल्ममा मराठा योद्धा सदाशिव राव भाऊको भूमिका निभाइरहेका थिए । अब उनले फिल्म छोडेपछि यो भूमिकालाई जीशान अयूबले न्याय दिनेछन् । सोनुले करिब करिब फिल्मको सुटिङ सकिसकेका थिए । यसरी उनले बीचमै काम छोडेपछि फेरि सुटिङ हुन थप समय लाग्ने बताइएको छ । 

 

यसबारेमा कंगनाले भने फरक कारण बताएकी छन् । उनको अनुसार सोनु ‘सिम्बा’ को सुटिङमा व्यस्त भएको कारण उनीहरुलाई समय दिन सकिरहेका छैनन । जसको कारण फिल्मको लागि एक अर्काबीचको सहकार्य अघि बढाउन गा¥हो भएको कंगननाको भनाइ छ । उनले थपिन्, ‘उनी एक महिलाको निर्देशनमा काम गर्न चाहेनन् । पुरै टिमलाई म माथि भरोसा छ तर सोनुलाई छैन ।’
तर सोेनुु भने यो कुरालाई स्वीकार्न तयार छैनन् । उनका अनुसार कंगनाले उनकोे भूसिमकामा सधैं दुःख दिइरहिन् । कंगना आफ्नो मर्जी अनुसार सबैको भूूमिका काट्दै गइन् । यतिमात्र होइन, अन्तिम घडीमा सोनुको मिती मिलाइरहेकी थिइन्, जब की त्यतिबेलासम्म सोनुले आफ्नो समय ‘सिम्बा’ लाई दिइसकेका थिए । 

कंगना

विशेष