मनोरञ्जन

यस्तो छ नाना पाटेकरले तनुश्रीलाई गरेको यौन दुर्व्यवहार नालीबेली

यस्तो छ नाना पाटेकरले तनुश्रीलाई गरेको यौन दुर्व्यवहार नालीबेली

नयाँ दिल्ली । बलिउड नायिका तनुश्री दत्ताले सन् २००८ मा नाना पाटेकरमाथि यौन दुर्व्यवहारको मुद्दा हालेकी थिइन् । त्यसको १० वर्ष पछि फेरि उनले आफूसँग घटेको उक्त घटनाबारे बेलीविस्तार लगाएकी छन् । 

 

तनुश्रीको अनुसार, ‘हर्न ओके’ को सुटिङको क्रममा उनले जे जति पनि सहनुुप¥यो त्यसको लागि फिल्मका निर्माता सामी सिद्दीकी, निर्देशक राकेश सारंंग र कोरियोग्राफर गणेश आचार्य जिम्मेवार थिए । तर, उनले नानावाकेक अरू कसैको बारेमा धेरै बोलिनन् । 
 

 

फिल्म सुटिङको पहिलो दिनदेखि नै नानाले तनुश्रीसँग अभद्र व्यवहार गर्ने गरेको तनुश्रीको भनाई छ । सुटिङमा नानाको केही जरुरत हुने थिएन । तर पनि नाना आफैं आएर कोरियोग्राफरलाई ‘तँ जा म सिकाउँछु डान्स’ भन्ने गर्थे । नाना तनुश्रीलाई जहाँ पायो त्यहीँ हात हाल्न जान्थे । तनुश्रीसँग यस्ता हर्कत गर्दा गर्दै नानाले उनीसँग ‘इन्टिमेट सिन’ गर्नेबारे पनि सोच्न थाले । जब तनुश्रीले नानाको यस्ता हर्कतबारे निर्देशकलाई बताइन् निर्देशक उनलाई सुनेको नसुने झैं गर्थे । किनभने तनुश्री फिल्म इन्डस्ट्रिमा नयाँ थिइन् । 
 

 

तनुश्रीकोे अनुसार उनीसँग यौन दुर्व्यवहार गर्न थालेपछि नानाले निर्देशकसँग आफ्नोे र तनुश्रीको इन्टिमेट दृश्य राख्नेबारे प्रस्ताव राख्न थाले । सुरुमा गरिएको फिल्मको कन्ट्राक्टमा भने त्यस्तो केही पनि थिएन । उनी भन्छिन्, ‘बलिउडमा यदि कसैलाई मलेस्ट गर्नु छ भने निर्माता या निर्र्देशकलाई इन्टिमेट सिन राख्न सुझाउँछन् ।’

 

फिल्मको सुटिङमा हुने गतिविधिबारे जब तनुुश्रीको बुबाले थाहा पाए उनले तुरुन्तै फिल्मका निर्मातासँग कुुरा गरे । तनुश्रीका बुुबाले सिधै उनले नानासँग इन्टिमेट सिन नदिने भनेर भनिदिए । निकै विवाद भएपछि तनुश्रीले यो फिल्म छोडिन् र उनको साटोमा राखी सावन्तलाई फिल्ममा राखियो । 
 

 

तनुश्रीकोे अनुसार नानाले उनीसँग यौन दुर्व्यवहारमात्र गरेनन् । फिल्मको सेटमा राजनीतिक पार्टी एमएनएसलाई बोलाएर उनको गाडी तोडफोड गर्न पनि लगाए । गाडी तोडफोड हुँदा पनि फिल्मका निर्माताले रोकेनन् किनभने त्यसबाट उनको फिल्मको प्रचार जो भइरहेको थियो । यतिमात्र होइन, भित्रै थुन्नका लागि फिल्मका निर्र्माताले स्टुडियोको ढोका पनि बन्द गरिदिएका थिए । पछि  प्रहरी आएर ढोका खोले र उनलाई त्यहाँबाट ससुरक्ष्क्षित बाहिर निकालियो । तनुश्रीको अनुसार, त्यस समय कारमा उनीसँग उनका आमा बाबु पनि थिए । पुलिस यदि समयमै नआएको भए त्यहाँ जे पनि हुन सक्थ्यो । अहिले १० वर्ष पछि यो घटना सम्झिदाँ पनि उनी डराउँछिन् । 

 

तनुश्रीले आशिक बनाया र ढोलजस्ता फिल्ममा काम गरिसकेकी छन् ।  

नाना पाटेकर

विशेष