धनगढीका मेयरलाई कारवाहीको माग गर्दै २० सांसदद्वारा उजुरी
कैलाली । कैलालीको धनगढी उप-महानगरपालिका नगर प्रमुख नृपबहादुर वडलाई कारवाहीका लागि माग गर्दै प्रदेश ७ का २० जना सांसदले उजुरी दिएका छन् ।
उनीहरुले विहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमा मेयर वडलाई कारवाही गर्न माग गर्दै सयुक्त उजुरी दिएका हुन् । प्रदेश ७ को राजधानी ‘गोदावरी’ बनाउन लागिएको भन्दै बुधवार भएको प्रदर्शनका वडले धनगढीबाट राजधानी सारिए सांसद बस्ने ठाउँमा आगो लगाउने, सांसदले २४ घण्टाभित्र धनगढी छोडनुपर्ने लगायतका अभिव्यक्ति दिएका थिए ।
आज सांसदले मेयरका अभिव्यक्तिपछि आफूहरुको ज्यान जोखिममा परेको, अप्रिय घटना हुनसक्ने, शान्तिसुरक्षामा खलल पुग्ने भएकाले नगर प्रमुलाई तत्काल पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाउन भन्दै माग गरेका छन् ।
यता नगर प्रमुख वडले भने आवेकमा आएर मात्र त्यस्तो अभिव्यक्ति दिएको बताएका छन् । र, उनले आज प्रेस विज्ञप्ती निकालेर माफि मागेका छन् ।
कैलाली धनगढी उप-महानगरपालिका नृपबहादुर वड