खेल मुख्य समाचार

नेपालको लगातार तेस्रो जित, श्रीलंका १-० ले स्तब्ध

नेपालको लगातार तेस्रो जित, श्रीलंका १-० ले स्तब्ध

काठमाडौं । भारतमा जारी ४६ औं एसियन स्कुल यु-१८ फुटबल च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ ।

 

 

भारतको आगरामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो । नेपालको जितमा जय गुरुङ नायक बने । उनले खेलको ३५औं मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक सावित भयो ।

 

 

नेपालले उक्त च्याम्पियनसिपमा यसअघि खेलका पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो । समूह ‘ए’मा रहेको नेपालले चीनलाई ३-१ र अफगानिस्तानलाई १३-१ ले पराजित गरेको थियो भने थाइल्याण्डसँग २-० र इण्डोनेसियासँग २-१ ले पराजित भएको थियो । नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।

नेपाल फुटबल च्याम्पियनसिप श्रीलङ्कालाई पराजित

विशेष