मुख्य समाचार

विश्व बैंकले पुल निर्माणका लागि नेपाललाई १३ अर्ब ऋण दिने

विश्व बैंकले पुल निर्माणका लागि नेपाललाई १३ अर्ब ऋण दिने

काठमाडौं । विश्व बैंकले कम खर्चमा निर्माण हुने ४ सय ७७ भन्दाबढी पुलका लागि १३ अर्ब ३० करोड रुपैयाँभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । 

 

 

विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा बिहीबार भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप प्रधान गर्ने निर्णय भएको बैंकले जनाएको छ । 

 

 

ऋणस्वरुप प्राप्त हुने उक्त रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मत सम्भारमा खर्च गरिनेछ । उक्त परियोजना सडक विभागले सञ्चालन गर्नेछ । 

विश्व बैंक पुल

विशेष